Logo

पोखरा : एकीकृत समाजवादीको दाबी मेयरमा , वडा सदस्य समेत नदिने कांग्रेसको अडान

                     
Logo 2022-04-18 12:04     Desk

13

नेकपा एमालेले मेयर जितेको पोखरा महानगरपालिका आफ्नो दाबी रहेको बताउदै आएको नेकपा एकीकृत समाजवादी लाई पोखरा महानगरमा वडा सदस्य समेत दिन नहुने नेपाली कांग्रेस पोखरा महानगरसमितिले बताएको छ।

पोखरामा आज बिहान बसेको जिल्ला गठबन्धनको बैठकमा कांग्रेसले आफ्नो अडान स्पस्ट परेको कास्की कांग्रेसको नेताहरुले बताएका छन्।

कांग्रेसको नेताहरुले आफ्नो अडान एकीकृत समाजवादीलाई बताईसकेको पत्रकारहरु संग कुरा गर्दै जानकरी दिएका हुन्।

केहि समय अघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पोखरामा आफ्नो पार्टीको १२ हजार सदस्य रहेकोले मेयर आफ्नो भागमा पर्नु पर्ने दाबी गरेपछि पोखराको कांग्रेस नेताहरुको डेलीगेसनले कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लाई भेटेर पोखराको मेयर उपमेयर अरुलाई दिन नसक्ने स्पस्ट परेका थिए।

पोखरामा गठबन्धन दलसंग मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै कांग्रेस पोखरा महानगर समितिले मेयरमा १० जना तथा उपमेयरमा १८ जनाको नाम केन्द्रिय समितिमा पठाउने निर्णय गरेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?