
सशस्त्र प्रहरी सेवामा रिक्त रहेको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा राजु अर्यालको नाम गृह मन्त्रालयले सिफारिस गरेको छ।
हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहेका अर्याल लाई आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले एआइजी पदमा सिफारिस गरेको हो।
गत चैत ३० गते मात्र पुष्पराम केसी महानिरीक्षक (आइजिपी) भएका थिए। तीस वर्षे अवधिका कारण उनले २१ दिनमै अनिवार्य अवकाश पाउने भएका हुन्। केसी २०७९ वैशाख १८ सम्म नेतृत्वमा रहनेछन्।
अर्याललाई अतिरिक्त महानिरीक्षकका लागि सिफारिस गरिएको हो।
हालको आइजिपी बैशाख १९ गते अवकाशमा गए पछि सशस्त्र प्रहरीको आइजिपी हुने सम्भावना अर्यालको प्रबल भएको छ।