Logo

बर्षको पहिलो कारोबारमा देखिएन उत्साह ,२९.६० अंकले घट्यो नेप्से

                     
Logo 2022-04-17 04:04     Desk

13

आइतबार बर्ष २०७९को पहिलो कारोबारमा नेपाल सेयर बजारमा उत्साह देखिएन। बर्षको पहिलो दिनको कारोबार राताम्मे भएको छ।

आइतबार नेप्से सूचक २९.६० अंकले घटेर २३८५.६४ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ५.१२ अंकले घटेर ४५०.९७ अंकमा पुगेको छ।

यस्तै, आइतबार कारोबारमा आएका २ सय ३३ कम्पनीको ४३ लाख कित्ता शेयर १ अर्ब ४४ करोड रुपैयाँमा किनबेच भएको छ ।

सुरुमा केहि बढेको नेप्से परि सुचांक बजार बन्द हुने बेला ओरालो लागेको थियो। आज कारोबारमा रहेको १ सय ६७ कम्पनीको शेयरमूल्य घट्यो भने मात्र २४ कम्पनीको शेयरमूल्य बढ्न पुग्यो ।


लोकप्रिय छुटाउनुभयो कि ?