Logo

रोनाल्डोले करिअरको ६०औं ह्याट्रिक गर्दा म्यानचेस्टर बिजयी

                     
Logo 2022-04-17 12:04     Desk

13

क्रिस्टियानो रोनाल्डोले करियरको ६०औं ह्याट्रिक गर्दै गर्दा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा नर्वीच सिटीलाई पराजित गरेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडले अंक तालिकाको पुछारको नर्वीचमाथि ३-२ गोलको जित हात पार्‍यो।

रोनाल्डोले खेलको सातौं ,३२ मिनेट र ७६ मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई ३-२ गोलले बिजयी बनाएका थिए।

रोनाल्डोले करिअरको ६०औं ह्याट्रिक गर्दै व्यवसायीक करिअरमा सर्वाधिक ह्याट्रिकको कीर्तिमानमा आफ्नो नाममा लेखाएका छन्। रोनाल्डो ६०औं ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन्।


लोकप्रिय छुटाउनुभयो कि ?