Logo

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

                     
Logo 2022-04-15 08:04     Desk

13

विराटनगर २ बैशाख । मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ|। बिहीबार राति आफैँ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु भएको हो ।

राती भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ७६३१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले बताए । दुर्घटनामा सोही मोटरसाइकलका चालक रतुवामाई-४ का २२ वर्षीय पंकज यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकल बाटो छेउको नालामा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भाएका यादवको राति ८:५० बजेतिर विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?