Logo

नगरपालिकाका कर्मचारीले भुक्तानी दिनु पहिला नै घुस लिने गरेको रहस्य बाहिरिए

                     
Logo 2022-04-11 09:04     Desk

13

रौतहट २८ चैत्र। रौतहटको गुजरा नगरपालिकाका कर्मचारीले उपभोक्ता समितिसंग भुक्तानी दिनु पहिलानै घुस लिने गरेको रहस्य बाहिर आएको छ । आईतबार समाजिक संजालमा सो नगरपालिकाका कर्मचारीले घुस लिएको र बार्गेनिङ गरेको भिडियो सार्वजनिक भए पछि रहस्य बाहिर आएको हो ।

स्वास्थ सेवाका कर्मचारी बिनोद जैसवाल निमित्त प्रसासकिय प्रमुख बनेपछी सो नगरपालिकामा भ्रष्टाचार र अनियमिता बढेको स्थानीयको आरोप लागदै आएको थियो । नगरपालिकाका कर्मचारीले उपभोक्ता समितिसंग भुक्तानी दिनु पहिलानै घुस लिने गरेको रहस्य बाहिर आएको र सो कार्यमा निमित प्रमुख जैसवालको निर्देशन रहेको भन्दै स्थानीयले जैसवाल सहित कर्मचारी माथी छानबिनको माग गरेका छन् ।

नगरपालिकाका कर्मचारीले घुस वापतको रकम चेकबाट लिने गरेको पाईन्छ । एकजना कर्मचारीले उपभोक्ता समितिसंग नाम नलेखी रकम मात्र तोकेर सहि गरेर चेक लिएको भिडियो बाहिर आएपछि अहिले नगरमा बिभिन्न टिका टिप्पणी भइरहेको छ ।नगरपालिकाका ओभर सियर राकेश यादवले उपभोक्त समितिसंग नगरपालिकाले चेक बनाउनु पहिलानै आफ्नो कमिशन वापतको रकमको चेक लिएको भिडियो बाहिर आएपछि अहिले सो नगरपालिकामा खैलाबैला मच्चिएको कर्मचारीहरुले बताएका छन् ।

रौतहटका स्थानीय तहमा उपभोक्ता समितिले काम गरेको पैसा लिनु पहिला कर्मचारीलाई घुस वापतको रकम दिनुपर्ने बाध्यता रहेको छ । जनप्रतिनिधिको समय सकिनै लाग्दा जिल्लाका स्थानीय तहमा व्यापक रुपमा आर्थिक अनियमिता हुने गरेको गुनासो बढदै जान थालेको छ । नगरपालिकाको सो भिडियोको बिषयमा नगर प्रमुख शन्तलाल चौधर संग बुझन खोज्दा उनीसंग सम्पर्क हुन सकेन् । भिडियो बाहिर आएपछि नगरपालिकाका कर्मचारी बिच आरोप प्रत्यारोप सुरु भएको छ। निमित्त प्रमुख जैसबाल भिडिओ सार्वजनिक भए देखि नै सम्पर्क बिहिन छन्।


लोकप्रिय छुटाउनुभयो कि ?