
नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनको तर्फ बाट अध्यक्षका उम्मेदवार बनेका गोपालकृष्ण घिमिरे प्यानल सहित निर्वाचित भएको छ।
बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको लागि भएको निर्वाचनमा बिजयी घिमिरे सत्ता गठबन्धनको दलहरुको अधिवक्ताहरुको समूह 'बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूह' बाट अध्यक्षका उम्मेदवार बनेका थिए।
शुक्रबार सकिएको बारको मतगणनाअनुसार नेपाली कांग्रेसनिकट घिमिरे ४४७४ मत अध्यक्ष निर्वाचित भएका हुन्। घिमिरेले ४४७४ मत ल्याएका छन्। घिमिरेको निकटम प्रतिद्वन्दी बिष्णुमणि अधिकारीले भने २४८२ मत ल्याएका थिए। अधिकारी नेकपा एमाले निकट हुन्।
यस्तै महासचिवमा अन्जिता खनाल, कोषाध्यक्षमा भरतबहादुर राउत निर्वाचित भएका थिए। बारको निर्वाचन चैत १९ मा भए पनि गणना गर्न समय लागेको थियो।