Logo

शुक्रबार मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने

                     
Logo 2022-04-08 02:04     Desk

13

निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि तयार गरेको आचारसंहिता शुक्रबार मध्यरातदेखि लागू गर्ने तयारी गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरेर आयोगले निर्वाचन आचारसंहिता राजनीतिक दल र अन्य सरोकारवालालाई सबैको प्रतिबद्धता जनाएपछि कार्यान्वयनमा ल्याउने तयारी गरेको छ।

स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गर्न लागेको हो । आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाउँछ ।

यदपि प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले भने आचारसंहितामा संबिधान सँग बाझिने बुँदा परेको भन्दै असहमति जनाउदै आइरहेको छ। बिहिबार एमालेको महासचिव शंकर पोखरेलको अगवाहीमा आयोग पुगेको एमालेको प्रतिनिधि मण्डलले आयोग समक्ष ६ बुँदे असहमति राख्दै आयोगले संबिधान सँग बाझिने प्राबधान आयोगले सच्याउनु पर्ने माग राख्दै आइरहेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?