
राष्ट्रपति बिद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार गरेको सिफारिसअनुसारले राष्ट्रपतिभण्डारीले बन्दीलाई कानुन मन्त्रीमा नियुक्त गरेकी हुन् ।
मन्त्रीमा नियुक्त भएका बन्दीको बिहिबार दिउँसो सपथग्रहणको तयारी गरिएको छ। संघिय संसदको सदस्य नरहेको बन्दीको मन्त्री अबधि ६ महिना मात्र रहने छ। ६ महिना भित्र संघिय संसदको सदस्य नहुन सकेको खण्डमा बन्दी मन्त्री पद बाट मुक्त हुनेछन्।
यस अघि कानुन मन्त्रालयमा नेपाली काँग्रेसका दिलेन्द्र प्रसाद बडू मन्त्री थिए।