
आसन्न स्थानीय निकाय निर्वाचन - २०७९मा सबै भन्दा ठुलो मतपत्र काठमाडौँ जिल्लाको लागि छपाई हुने भएको छ ।
निर्वाचन आयोगको लागि मतपत्र छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रमा छापिएको नमुना मतपत्र अनुसार सबैभन्दा सानो मतपत्र भने डोल्पा जिल्लाको लागि छापिने भएको छ।
निर्वाचन आयोगको प्रवक्ता अनुसार चुनावको लागि कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुनेछन भने सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।