Logo

आइपिएल: बलरले ‘बल’ देखाउदा बैंग्लोर बिजयी

                     
Logo 2022-03-31 10:03     Hamro Biratnagar

13

आइपिएल २०२२ मा गए राती भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित हात पार्दा बलरको भूमीका महत्वपूर्ण रह्यो।

बैंग्लोरले बुधबार राति भएको खेलमा कोलकता नाइटराइडर्सलाई ३ विकेटले पराजित गर्‍यो।

पहिले ब्याटिङ गरेको कोलकता १८.५ ओभरमा १२८ रनमै अलआउट भयो।

कलकताका लागि आन्द्रे रसेलले सबैभन्दा बढी २५ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा बैंग्लोरका श्रीलंकन बलर विनन्दु हर्षरंगाले ४ विकेट लिए। उनले ४ ओभरमा २० खर्चिए। जसमा उनले १५ बल डट फ्याँकेका थिए।

हर्षरंगाले कोलकता कप्तान श्रेषस अय्यर, सुनील नारिन, शेलडम ज्याक्सन र टिम साउथीलाई सिकार बनाएका थिए।हर्षल पटेलले पनि कसिलो बलिङ गर्ने क्रममा ४ ओभरमा २ मेडन राखेका थिए। २ विकेट लिएका पटेलले ११ रन मात्र खर्चिए।यस्तै आकास दिपले पनि ३ विकेट लिने सफल भए।

यस्तै आकास दिपले पनि ३ विकेट लिने सफल भए।

१२९ रनको सामान्य लक्ष्य भए पनि बैंग्लोरले ४ बल बाँकी छदा ७ विकेट गुमाएर लक्ष्य पार गर्‍यो।

उसका लागि शरफिन रूदरफोर्डले सबैभन्दा बढी २८ रन जोडे।

ओपनरद्वय कप्तान फाप डु प्लेसिस ५ रन र अनुज रावत ० मा आउट भए। विराट कोहलीले १२ रन भन्दा बढी जोड्न सकेनन्।

तेस्रो ‌ओभर चल्दा बैंग्लोरले विराट कोहलसहित दुवै ओपरन गुमाएको थियो।

कोहली र रावतलाई उमेश यादवले आउट गर्दा प्लेसिसको विकेट टिम साउथीले लिएका थिए।

कोलकताका लागि साउथीले ३ र यादवले २ विकेट लिए।


लोकप्रिय छुटाउनुभयो कि ?