Logo

भरतपुर र सिरहा काण्ड पुन: दोहोरिन सक्छ -ओली

                     
Logo 2022-03-21 02:03     Desk

13

काठमाडौं ७ चैत्र| नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगसमेत एमालेविरुद्ध लागेकाले सचेत रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। सोमबार पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा भरतपुर र सिरहा काण्ड दोहोरिन भएकाले सचेत रहन निर्देशन दिएका हुन्।

एमालेका जनप्रतिनिधिलाई अप्ठेरो पार्न आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राखिएको उनको टिप्पणी छ। निर्वाचन आयोग गठबन्धनसँग मिलेको दाबी गर्दै अध्यक्ष ओलीले स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने, मतपत्रको रङ हरियो बनाउने जस्ता व्यवस्था एमालेविरुद्ध भएको दाबी गरे।मतपत्र रुखको रंग जस्तो हुन्छ त्यस्तै गर्नुपर्ने ?

सूर्य कसरी हरियो हुन्छ भन्दै ओलीले प्रश्न गरेका छन्। मतदान गरेदेखि अन्तिमसम्म मतपेटिका आँखा अगाडि हुनुपर्ने उनको भनाई छ। ओलीले भने, ‘निर्वाचन आयोग क्रियाकलाप उहि भरतपूर काण्ड, उहि सिरहा काण्ड उस्तै हुँदै जाने त होइन ? उनले यस्तो नदोहोरियोस् भन्ने चाहेको धारणा राखे।

यसपटक हामी मतपेटिका आँखाबाट ओझेल हुन मञ्जुर गर्दैनौं। हाम्रो आँखा अगाडि हुनुपर्छ अन्तिमसम्म मतपेटिका हुनुपर्छ। उनले भने, विश्वास गर्नुस् भन्ने कुरा हुँदैन। विश्वासको कुराले हुने भए गोप्य मतदान नै किन चाहिन्थ्यो ?

-अन्नपुर्ण पोस्ट साभार 

 


लोकप्रिय छुटाउनुभयो कि ?