Logo

पैसा हैन पासो छ परदेशमा

                     
Logo 2022-03-16 02:03     Desk

13

मेरो मानस पटलमा एक प्रश्नः घुमी रहेको छ| त्यो प्रश्न ले मलाई भावुक र व्याकुल बनाई रहेको छ । घर बन्दकी राखी आमाको पाउजु धितो राखी मनमा अनेकौ सपना साचि परदेश गएका युवा फर्किदा त्यो ठूलो विमान भित्र ६ फिट को कालो बाकस मा थुनिएर नेपाल आउदा ती बुढी आमा , बुढो बुवा हुर्किदै गरेको बहिनीको मन भित्र कति ठूलो पीडा हुन्छ होला ।

घरको ऋण , पैसा को अभाव , आमाको त्यो पुरानो साडी बुवाको त्यो पुरानो साइकल बहिनी ले फोन गर्दै "दादा मलाई के ल्याइदिने , भनेको स्मरण गर्दै अनि आफू मृत्यु सँगै लड़ाई गरिरहँदा त्यो युवाको मन कस्तो हुन्छ होला ? जीवनमा कालो बादल मडारिरेको अवस्थामा सपना टुटेर चट्याङ्ग लाग्दा , अचानक त्यी सपना को इन्द्रेणी विलीन भएर जाँदा कति गाह्रो हुन्छ होला?

राज्य कहा चुकी रहेको छ रोजगार सृजना गर्न । आफ्नै देशमा आफनै पौरख लें उद्योग खोल्न । के हाम्रो देशमा सम्भावना छैन अबको बीस वर्ष पछि पनि के हातमा त्यो हरियो पासपोर्ट बोकेर काठमाडौंको विमान स्थलमा लाइन लाग्नु पर्ने हो । कहिले हामीले पाउछौ राज नेता जसले आफ्नो मुलुक र प्रजाको कसम खाई प्रजा प्राण को सुरक्षा गर्छ ।

परदेशको भूमिमा अरूको होटलमा ठूला फ्याक्ट्रीमा , जीवन लाई बाजी राखी काम गर्न कसैलाई रहर हुँदैन । यो बाध्यता हो यो देश कै गरिबी हो

पैसा हैन पासो छ परदेश मा त्यहाँ दुःख छ सरकार । त्यहाँ चर्को घाम छ सरकार त्यहाँ नेपाली लाई मारेका छन् सरकार त्यहाँ बिना कसुर युवाहरु जेलमा कैद छन् सरकार । त्यहाँ बसेका युवा हरुको मन छिया छिया भएको छ सरकार । धेरै युवा कालो बाकसमा फर्किएका छन सरकार । त्यहाँ काममा धेरै खटाउछन् सरकार ।

परदेशमा खाना खान नपाएर युवा को बिचल्ली छ सरकार । कति युवा मानसिक तनाब को सिकार भएका छन् सरकार । कति पीडा मा रुँदैछन् न्याय खोज्दैछन् सरकार । हाम्रो देश को हरियो पासपोर्ट हेरेर हेप्छन् सरकार

हजुर लाई थाहा छैन कि भनेर अवगत गराएको सरकार


लोकप्रिय छुटाउनुभयो कि ?