Logo

मोरङमा कांग्रेसले सुरु गर्यो जिताऔँ अभियान

                     
Logo 2022-03-14 08:03     Desk

13

विराटनगर,२९ फागुन/ नेपाली कांग्रेस मोरंगले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका घरदैलो पुग्ने छन् ।

यो अभियानको विराटनगरमा एक कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस मोरंगले सुभारम्भ गरेको छ । कार्यक्रमका प्रमुख अतिथी कांग्रेस केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीले सुभारम्भ गर्नुभयो । विराटनगरको स्थानीय अशोक चौकमा आयोजना गरिएको सो कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथी बुढाथोकीले कार्यकर्तामा जागरण आउनुको साथै आम मतदाताको भावना बुझ्न र कांग्रेप्रतिको धारणामा परिर्वतन ल्याउन सकिने ताए । उनले भने, निर्वाचनका लागि माहोल बनाउन कांग्रेस जिताउन अपील गर्ने, वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने, ।

पुर्व अर्थमन्त्री महेश आचार्यले कांग्रेस यसपटक तंँग्रने प्रयासमा रहेको बताएका छन । उनले एमसीसीबारे विपक्षीले छरेका भ्रमको चिरफार कांग्रेसले मुख्य उद्देश्य राखेको बताए । उनलेभने,कांग्रेस र कम्युनिष्ट पार्टीबीचको भिन्नता आमनागरिकलाई बुझाउन अभियानले भूमिका निर्वाह गर्ने छ, । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित एक महिने अभियानमा कांग्रेसले ८ वटा घोषित उद्देश्य राखेको हो । जसअन्तर्गत निर्वाचनका लागि माहोल बनाउने, कांग्रेस जिताउन अपील गर्ने, वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने कार्यक्रम तय भएका छन ।

गत मंसिरमा १४ औं महाधिवेशन गरेयता कांग्रेसले संगठन विस्तार र चुनाव केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनको क्रममा तल्लो तहसम्म देखिएको विभाजनको मानसिकता अन्त्य पनि अभियानको उद्देश्यमा राखिएको छ ।

कांग्रेसलाई आगामी चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन सुदृढ गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको हो । मोरंग कांग्रेसका सभापती डिगबहादुर लिम्बुको सभापतीत्वमा सम्पन्न कार्यक्रममा उपसभापती नागेश कोईराला, भक्तीनाथ माझी, सचिब ललित श्रेष्ठ, मोदराज घिमिरे साथै मोरंगका ६ वटै क्षेत्रका क्षेत्रीय सभपाती तथा पार्टीका विभिन्न समितिका नेताहरुको सहभागिता थियो । कांग्रेस आईतबार नै मोरंगले कांग्रेस जिताउ अभियानको प्रचार प्रसार गर्ने उदेश्यले पत्रकार सम्मेलनको समेत आयोजना सम्पन्न गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?