Logo

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

                     
Logo 2022-03-13 06:03     Desk

13

विराटनगर, २९ फागुन । प्रहरीले १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले मोरङस्थित सुन्दरहरैचा नगरपालिका- ७ की १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी छन् । उनीहरूलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार आरोपित चौधरीद्वयले बालिकालाई ललाइफकाई घरबाट नजिकैको झाडीमा लगेर घटना गराएका थिए । त्यसपछि उनीहरूले बालिकालाई ढुंगा र बियरका बोतल प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

शुक्रबार अपराह्न ४ बजेतिर घरबाट हराएकी बालिका ५ बजेतिर अचेत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो । उनको शनिबार बिहान निधन भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?