Logo

शेयरबजारमा एकैदिन १ सय १ अंकको उछाल

                     
Logo 2022-03-13 03:03     Desk

13

शेयरबजारमा सबैभन्दा बढी हिस्सा ओगटेको वाणिज्य बैंकहरूको उपसमूह नै ५४.७१ अंकले बढेपछि उच्च अंकको वृद्धि देखिएको हो ।

यस दिन सबैभन्दा बढी बीमा कम्पनीअन्तर्गतका उपसमूह उकालो लागेका छन् । जीवन बीमा उपसमूह ९२२ अंकले उकालाे लाग्दा निर्जीवन बीमा कम्पनीहरूको उपसमूह ५६७ अंकले वृद्धि भएको छ ।

आइतबार २५ सय ७७ को बिन्दुबाट कारोबार आरम्भ भएकोमा सबै उपसमूहरू बढेपछि नेप्से २६ सय ६८ को विन्दुमा पुगेको हो ।

यस दिन २ सय २८ कम्पनीका ९० लाख २२ हजार कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब ८७ करोड ७१ लाख माथि पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?