Logo

युक्रेनका राष्ट्रपतिकाे दाबी : ६ सय रुसी सेनाले आत्मसमर्पण गरे

                     
Logo 2022-03-13 12:03     Desk

13

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा अहिलेसम्म १३ सय युक्रेनी सेना मारिएको बताएका छन् ।

२४ फेब्रुअरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् ।

त्यस्तै, करिब ५०० देखि ६०० रुसी फौजले युक्रेन सेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ ।

यसैबीच युक्रेनको राजधानी किएभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?