Logo

विराटनगरमा एमालेको आक्रमक चुनावी तयारीः वडा नम्बर ८ मा सम्पर्क कार्यालय स्थापना

                     
Logo 2022-03-12 09:03     Desk

13

विराटनगर, २८ फागुन । निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ले विराटनगरमा आक्रमक चुनावी तयारी गरेको छ । स्थानीयतहको निर्वाचन नजिकिँदै गर्दा एमालेले तीब्ररुपमा चुनावी तयारी गरेको हो ।

एमालेले शनिबार विराटनगर–८ मा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेको प्रमुख आथित्यता र केन्द्रीय सदस्य एबम मोरङ ईन्चार्ज बिनोद ढकालको विशिष्ट आथित्यतामा सो वडामा निर्वाचनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना भएको हो ।

सो अबसरमा नेकपा एमाले केन्द्रीय सदस्य रामलाल साह, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की, विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा, प्रदेश कमिटी सदस्य बालेस्वर कामत, राजेस थापा, विमला घिमिला घिमिरे, जिल्ला कमिटी सदस्य राजन भन्डारी, नरेन्द्र बस्नेत, तिला शर्मा, भाष्कर खनाल, नम्रता काफ्ले, महानगर कमिटी सदस्य उषा बराल, प्रमोद खतिवडा, बिसमभर राज अधिकारी, लक्ष्मण पोखरेल, बबि देब लगायत पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?