Logo

भारतको विधानसभा चुनावमा दुई जना बहालवाला मुख्यमन्त्री पराजित

                     
Logo 2022-03-10 06:03     Desk

13

भारतका विभिन्न पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना जारी छ । मतपरिणामअनुसार दुई जना बहालावाला मुख्यमन्त्री पराजित भएका छन् ।

पञ्जावका मुख्यमन्त्री कांग्रेस नेता चरणजित सिंह चुन्नी दुई स्थानबाट चुनाव लडेका थिए । उनी दुबै सिटबाट पराजित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पञ्जावमा कांग्रेस पार्टी पनि पराजित भएको छ । यहाँ आम आदमी पार्टीले दुईतिहाइ सिटमा जित्ने देखिएको छ ।

पञ्जावका अर्का चर्चित नेता कांग्रेस पञ्जावका अध्यक्ष नवजोत सिंह सिद्धु पनि पराजित भएका छन् । यस्तै पूर्वमुख्यमन्त्री क्याप्टेन अमिन्दर सिंह पनि पराजित भएका छन् ।

उता भाजपाले जित हात पार्दा पनि उत्तराखण्डमा बहालवाला मुख्यमन्त्री पुष्कर सिंह धामी पराजित भएका छन् । भाजपा नेता धामी  खाटिमा सिटबाट कांग्रेसका भुवन कापडीसँग ६ हजार मतान्तरले पराजित भएका छन् । तर, उत्ताराखण्डमा भाजपाले स्पष्ट बहुमत ल्याउने देखिएको छ ।

उता उत्तरप्रदेश, गोवा र मणिपुरका बहालवाला मुख्यमन्त्री भने विजयी भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?