Logo

बिहीबार ५२ अंकले बढ्यो नेप्सेः १८६ कम्पनीका लगानीकर्ताले कमाउँदा ५ कम्पनीका लगानीकर्ताले गुमाए

                     
Logo 2022-03-10 04:03     Desk

13

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २५६६.९० बिन्दुमा पुगेको छ । बजार बढेसँगै आज ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले उकालो लागेको छ ।

आज कारोबारमा आएका २२६ वटा कम्पनीको २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँबराबरको ५६ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बिहीबार १३ वटै समूहको सूचकमा हरियाली छाउँदा फाइनान्स समूहको सूचक सर्वाधिक ५.०६ प्रतिशतले बढेको छ । त्यस्तै, डेभलपमेन्ट समूह र हाइड्रोपावर समूहको सूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा कम अन्य समूहको सूचक ०.०४ प्रतिशतले बढेको हो ।

बजार बढ्दा १८६ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने पाँचवटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य ३१ रुपैयाँले बढेर प्रतिकित्ता ३ सय ४१ रुपैयाँ कायम भएको छ ।

आज कर्णली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

साथै, सर्वाधिक गुमाउनेमा माउन्टेन इनर्जी नेपाल र नेपाल दूरसञ्चार कम्पनी रहेका छन् । उक्त कम्पनीको शेयरमूल्य क्रमशः ३५, ३४ रुपैयाँले घटेर प्रतिकित्ता ११०० रुपैयाँ र १६४६ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर कारोबार भने अपि पावर कम्पनीको भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?