Logo

रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल)ः मंगलबार तेस्रो खेलमा निल डेभिड हिरोज विजयी

                     
Logo 2022-03-08 11:03     Desk

13

विराटनगर, २४ फागुन । विराटनगरमा जारी रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) मा निल डेभिज हिरोजले विजयी सुरुवात गरेको छ । मंगलबार भएको तेस्रो खेलमा निल डेभिड हिरोजले इक्वी पार्टस् ठन्डर्सलाई ६ विकेटले पराजित गरेको हो ।

विराटनगरस्थित विराट नर्सिङ होम अगाडी शंकरपुर खेल मैदानमा आज भएको तेस्रो खेलमा निल डेभिड हिरोजले टस जितेर फिल्डीङ रोजेको थियो । ब्याटिङको निम्तो पाएर मैदानमा उत्रिएको इक्वी पार्टस् ठन्डर्सले ३४ रन मात्र बनाउन सक्यो । ३५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको निल डेभिड हिरोजले ४.५ ओभरमै लक्ष्य भेट्टायो । खेलको म्यान अफ दी म्याच निल डेभिज हिरोजका आकाश दास घोषित भए । त्यसअघि भएको पहिलो खेलमा आरती ब्लाष्टर्स र दोस्रो खेलमा ग्रीन प्लाई वारियर्स विजयी भएका थिए ।

छैठौँ संस्करणको रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) २०७८ सोमबारदेखि सुरु भएको हो । महेश्वरी युवा मञ्च विराटनगरको आयोजनामा छैठौँ संस्करणको खेल विराटनगरस्थित विराट नर्सिङ होम छेउको शंकरपुर खेल मैदानमा जारी छ ।

यसपटकदेखि ‘डे एण्ड नाइट’ फम्र्याटमा खेल सञ्चालन भइरहेको छ । विगत पाँच वर्षदेखि मञ्चले लगातार कर्पोरेट लिग आयोजना गर्दै आएको छ । यस पटक सो प्रतियोगिता दिउँसो र राती दुवै समयमा खेल्नेगरी रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) सञ्चालन भएको हो । कार्यक्रमको टाइटल स्पोन्सर एसियन थाइफुड्सद्वारा उत्पादित रमपम चाउचाउ रहेको छ ।

प्रतियोगितालाई सेन्चुरी स्पाइस एण्ड स्न्याक्स र केशरीचन्द भँवरलालले मुख्य प्रायोजन गरेका छन् । आगामी फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कर्पोरेट टिमहरुको सहभागिता रहने छ ।

यसपटक १६ वटा कर्पोरेट टिमलाई सहभागि गराउने योजना रहेपनि १४ टिमको मात्र सहभागिता रहने निश्चीत भएको आयोजकले जनाएको छ । सिसिएल अवधिभर जम्मा १७ वटा म्याच हुनेछ । सो प्रतियोगिता सोमबारदेखि औपचारिकरुपमा सुरु भएको थियो ।

मंगलबारदेखि दैनिक ३ देख ४ वटा म्याच हुन थालेको आयोजकले जनाएको छ । प्रतियोगिताका सवै खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी, म्यान अफ द सिरिजलाई नगद पुरस्कार, फाइनलको बिजेता टिमलाई नगद ४१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने छ । त्यस्तै उपविजेता टिमलाई २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?