Logo

विराटनगरमा जारी रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल): मंगलबार पहिलो खेलमा आरती ब्लाष्टर्स विजयी

                     
Logo 2022-03-08 08:03     Desk

13

विराटनगर, २४ फागुन । विराटनगरमा जारी रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) मा आरती ब्लाष्टर्स विजयी सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा आरतीले पूर्वाञ्चल पेट्रो लेजेन्ड्सलाई ८ विकेटले पराजित गरेको हो ।

विराटनगरस्थित विराट नर्सिङ होम अगाडी शंकरपुर खेल मैदानमा आज भएको पहिलो खेलमा आरती ब्लाष्टर्सले फिल्डीङ रोजेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको पूर्वाञ्चल पेट्रो लेजेन्ड्सले ७.५ ओभरमा सवै ५२ रन मात्र बनाउन सक्यो । ५३ रनको लक्ष्यसहित मैदानमा उत्रिएको आरतीले ३.४ ओभरमै लक्ष्य पुरा गर्यो । खेलको म्यान अफ दी म्याच आरतीका मनिषकुमार घोषित भए ।

रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) २०७८ सोमबारदेखि सुरु भएको हो । महेश्वरी युवा मञ्च विराटनगरको आयोजनामा छैठौँ संस्करणको खेल विराटनगरस्थित विराट नर्सिङ होम छेउको शंकरपुर खेल मैदानमा जारी छ ।

यसपटकदेखि ‘डे एण्ड नाइट’ फम्र्याटमा खेल सञ्चालन भइरहेको छ । विगत पाँच वर्षदेखि मञ्चले लगातार कर्पोरेट लिग आयोजना गर्दै आएको छ ।

यस पटक सो प्रतियोगिता दिउँसो र राती दुवै समयमा खेल्नेगरी रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) सञ्चालन भएको हो । कार्यक्रमको टाइटल स्पोन्सर एसियन थाइफुड्सद्वारा उत्पादित रमपम चाउचाउ रहेको छ ।

प्रतियोगितालाई सेन्चुरी स्पाइस एण्ड स्न्याक्स र केशरीचन्द भँवरलालले मुख्य प्रायोजन गरेका छन् । आगामी फागुन २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कर्पोरेट टिमहरुको सहभागिता रहने छ ।

यसपटक १६ वटा कर्पोरेट टिमलाई सहभागि गराउने योजना रहेपनि १४ टिमको मात्र सहभागिता रहने निश्चीत भएको आयोजकले जनाएको छ । सिसिएल अवधिभर जम्मा १७ वटा म्याच हुनेछ । सो प्रतियोगिता सोमबारदेखि औपचारिकरुपमा सुरु भएको थियो ।

मंगलबारदेखि दैनिक ३ देख ४ वटा म्याच हुन थालेको आयोजकले जनाएको छ । प्रतियोगिताका सवै खेलमा उत्कृष्ट खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी, म्यान अफ द सिरिजलाई नगद पुरस्कार, फाइनलको बिजेता टिमलाई नगद ४१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने छ । त्यस्तै उपविजेता टिमलाई २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?