Logo

मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयमा ओलीको आपत्ति

                     
Logo 2022-03-08 05:03     Desk

13

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावको मतपत्रमा हरियो रङको चुनाव चिह्न प्रयोग गर्ने निर्वाचन आयोगको निर्णयमा आपत्ति जनाएका छन् ।

नेपाल महिला संघले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले मतपत्रमा किन हरियो रङ प्रयोग गर्न खोजिएको भन्दै प्रश्न गरे ।

मतपत्रमा के कारणले हरियो रङको प्रयोग गर्न खोजिएको हो त्यो बताउनुपर्ने उनको भनाइ छ । 'हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने ? निर्वाचन आयोगले बताउनु परो,' ओलीले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?