Logo

मोरङको रंगेलीका मेयर बगडीया एमाले प्रवेश गर्दै, फागुन २५ गते स्वागत गर्न अध्यक्ष ओली आउँदै

                     
Logo 2022-03-06 10:03     Desk

13

विराटनगर, २१ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने एक कार्यक्रममा मोरङ रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया एमाले प्रवेश गर्नुहुने भएको छ । बगडियाले आफू एमाले प्रवेश गर्ने निधो भएको जानकारी दिनुभयो । ‘मैले पार्टी प्रवेश गर्ने निधो गरेँ,’ उहाँले भन्नुभयो ।

एमालेले आउँदो फागुन २५ गते रंगेलीमा सार्वजनिक सभा गर्दैछ । नेकपा एमालेले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा निर्वाचित वडाध्यक्षसहित केही जनप्रतिनिधिहरू पनि पार्टी प्रवेश गर्ने तयारी गरेको एमालेले जनाएको छ । २०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकाबाट बगडियाले ८ हजार ८६ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गर्नुभएको थियो । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गर्नुभएको थियो । बगडिया भने नेकपा माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा नगरपालिकाका प्रमुखमा निर्वाचित हुनुभएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?