Logo

महान क्रिकेटर शेन वार्नको निधन

                     
Logo 2022-03-04 10:03     Desk

13

महान क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । अष्ट्रेलियाका क्रिकेटर वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको क्रिकइन्फोले जनाएको छ । ५२ वर्षको उमेरमा उनको शंकास्पद हृदयघातका कारण निधन भएको जनाइएको छ ।

वार्न टेष्ट क्रिकेटमा दोस्रो सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले श्रीलंकका मुथैया मुरलिधरन (८००) भन्दा कम ७०८ विकेट लिएका थिए । वार्नले आफ्नो कलात्मक स्पिन बलिङ सबै महान ब्याटरलाई आउट गरेका थिए ।

उनले अष्ट्रेलियाका लागि १५ वर्षसम्म क्रिकेट खेले । तर, उनी अष्ट्रेलिया क्रिकेट टिमको कप्तान भने बन्न पाएनन् । वार्नले पछिल्लो टेष्ट क्रिकेट २००७ मा सिड्नीमा खेलेका थिए भने १९९२ मा पहिलो टेष्ट पनि सिड्नीमै खेलेका थिए ।

उनको मृत्युबारे गोपनीयता कायम गर्न परिवारले आग्रह गरेको क्रिकइन्फोले जनाएको छ । उनी थाइल्याण्डमा बस्दै आएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?