Logo

मोरङको हुलास वायर अगाडि बम जस्तो शंकास्पद वस्तु भेटियो

                     
Logo 2022-03-03 08:03     Desk

13

विराटनगर, १९ फागुन । विराटनगर सँगै जोडिएको मोरङको बुढीगंगामा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

बिहीबार साँझ बुढीगंगा गाउँपालिका– ३ स्थित हुलास वायरअगाडि प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु बम भए/नभएको यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्द्धन जिसीले जानकारी दिए ।

प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानमा बाक्लो संख्यामा सुरक्षकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक जीसीले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?