Logo

थप १०५ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

                     
Logo 2022-03-03 07:03     Desk

13

नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको नमूना परीक्षण गर्दा थप १०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १७ रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?