Logo

राष्ट्रसंघ महासभामा नेपालले गर्‍यो रुसविरुद्ध मतदान, भारत र चीन तटस्थ

                     
Logo 2022-03-03 10:03     Desk

13

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । युक्रेनमाथि रुसी हस्तक्षेप तत्काल बन्द गरेर युद्ध रोक्न तथा सेना फिर्ता गर्ने सम्बन्धी पक्ष र विपक्षमा मतदान हुँदा नेपालले पक्षमा मत दिएकाे हाे ।

प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकले मत दिएका हुन् । पाँच देशले विपक्षमा मतदान गर्दा भारत र चीनसहित ३४ मुलुक तटस्थ बसेका छन् । रुसका पक्षमा रुससहित उत्तर कोरिया, सिरिया, बेलारूस र इरिट्रियाले  भोट हालेका थिए ।

याेसँगै महासभाले रुसी आक्रमणको भर्त्सना गर्दै लडाइँ रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रूससँग माग गर्दै प्रस्ताव पारित गरेको छ । राष्ट्रसंघमा कुल १९३ सदस्य राष्ट्र छन् । यसअघि राष्ट्रसंघीय मानव अधिकार परिषद्‍मा पनि नेपालले युक्रेनको पक्षमा मतदान गरेको थियो ।

यसअघि राष्ट्रसंघको सुरक्षा परिषद्‍मा पनि भारत र चीन तटस्थ बसेका थिए । सुरक्षा परिषद्‍मा नेपाल छैन ।


लोकप्रिय छुटाउनुभयो कि ?