Logo

शेयर बजारमा पहिरो, ६३.९८ अंकले घट्यो नेप्से

                     
Logo 2022-03-02 05:03     Desk

13

पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजारमा बुधबार पनि उच्च अंकले गिरावट आएको छ । बुधबार बजार मापक परिसूचक नेप्से ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्समा ३.६१ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भए । कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको शेयर मूल्य घटेको छ, भने ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।  मंगलबार भने महाशिवरात्री पर्वको कारण शेयर बजार बन्द भएको थियो ।

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन । जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३.६५ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, लगानी, जीवन बीमा उत्पादन तथा प्रशोधन, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक र स्वाभिमान लघुवित्तको शेयर मूल्य बढेको छ । हिमालयन जनरल इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बुधबार १६ करोडभन्दा बढीको शेयर कारोबार गरेर नेपाल लाइफ शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकमको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?