Logo

विराटनगरमा ‘प्याडिलक्स गर्ल्स अन ह्वील’ प्रतियोगिता हुदै

                     
Logo 2022-03-02 04:03     Desk

13

विराटनगर, १८ फागुन । विराटनगरमा विगतका वर्षहरुझैँ यस पटक पनि ‘प्याडिलक्स गर्ल्स अन ह्वील’ प्रतियोगिता हुने भएको छ । राउण्ड टेबल नेपाल अन्तर्गतको प्राईम राउण्ड टेबलको आयोजनामा आगामी फागुन २४ गते सो प्रतियोगिता हुने भएको हो ।

नारी दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको विराटनगरमा पत्रकारसम्लेन गर्दै आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितामा प्रदेश १ को विभिन्न जिल्लाका महिला प्रतियोगीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

करिब अढाई घण्टाको सो खेलमा १५० जना महिला प्रतियोगीहरुले स्कुटर सहित सहभागिता जनाउने छन् । एउटा स्कुटरमा २ जना गरि कुल ७५ वटा स्कुटरलाई प्रतियोगितामा समावेश गरिने आयोजक टीमका अध्यक्ष भबेस राठीले जानकारी दिए ।

उनले विराटनगर मेनरोडस्थित जैन भवनबाट प्रतियोगिता सुरु भएर कुल २२ किलोमिटरको दुरी तय गर्दै पुनः जैन भवनमै आएर समापन हुने बताए । उनका अनुसार सो खेलमा प्रतियोगीहरुले विभिन्न १० स्थानमा पुगेर प्राप्त सङ्केतका आधारमा निर्धारित समयभित्र विभिन्न टास्कहरु पुरा गर्नुपर्ने छ ।

टास्कहरु पुरा गर्दा प्राप्त गर्ने अंकका आधारमा प्रतियोगीहरु मध्येबाट विजेता घोषणा गरिने अध्यक्ष ठीले बताए । उनले खेलका विजेताहरुका लागि कुल १ लाख मुल्य बराबरको पुरस्कारको व्यवस्था गरिएको बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई कुल ४८ हजार मुल्य बराबरको ४० इन्चको टेलिभिजनको व्यवस्था गरिएको छ । त्यस्तै दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० र २० हजार मुल्य बराबरको पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ ।

फाल्गुण २४ गते बिहान १० बजेदेखि प्रतियोगिता सुरु हुनेछ । खेलमा ट्राफिक नियमको पुर्ण पालना गरिने आयोजकको भनाई छ । प्रतियोगितामा सवारी चालक अनुमति पत्र भएका महिलाहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगितामा सहभागी हुन एउटा स्कुटरमा सवार हुने दुई जनाका लागि १५ सय रुपैयाँ दर्ता शूल्क तोकिएको राठीले बताए । त्यसका लागि विराटनगरस्थित को सेन्ट्रल बजार, डिजी स्टोर अथवा ९८१२३७३६१६ मा सम्पर्क गर्न सकिने जनाईएको छ ।

प्रतियोगितामा राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितिमा साङ्गितिक तथा सांस्कृतिक कार्यक्रमको समेत आयोेजना गरिएको प्राईम राउण्ड टेबलका पुर्व अध्यक्ष प्रकाश मुण्दडाले बताए । उनले प्रतियोगिताबाट संकलित रकम सामाजिक सेवाको कार्यमा खर्च हुने जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?