Logo

अक्षयको फिल्म ‘पृथ्वीराज’ले दिल्ली उच्च अदालतबाट पायो राहत

                     
Logo 2022-03-01 04:03     Desk

13

बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री मानुषी छिल्लरको मुख्य अभिनय रहेको फिल्म 'पृथ्वीराज' केही दिनयता चर्चामा छ । उक्त फिल्मको नामलाई लिएर केही दिनदेखि विवाद चलिरहेको थियो ।

फिल्मलाई राहत दिँदै दिल्ली उच्च अदालतले अक्षयको आगामी फिल्म 'पृथ्वीराज'को शीर्षक परिवर्तन गर्न माग गरेको जनहित याचिका सुन्न अस्वीकार गरेको छ । यशराज फिल्म्सको ब्यानरमा बनेको यो फिल्म १० जूनमा रिलिज हुँदैछ ।

मुद्दामाथि सुनुवाइ गर्दै अदालतले पृथ्वीराज चौहान महान् सम्राट भएको भन्दै फिल्मको शीर्षक ‘पृथ्वीराज’ मात्र राख्दा समाजको ठूलो वर्गको भावनामा ठेस पुग्ने बताएको छ । यस्तो अवस्थामा फिल्मको शीर्षक ‘महान् सम्राट पृथ्वीराज’ राख्नुपर्ने सुझाव दिइएको थियो ।

यो फिल्मको शीर्षकलाई लिएर करणी सेनाले पनि विरोध गरेको थियो । निर्माताहरूले सम्राट पृथ्वीराज चौहानको छवि बिगार्ने प्रयास गरेको सेनाले आरोप लगाएको छ । फिल्मलाई डा. चन्द्रप्रकाश द्विवेदीले निर्देशन गरेका छन् । फिल्ममा अक्षय कुमारसँगै मानुषी छिल्लर, सोनु सूद र सञ्जय दत्तको पनि महत्त्वपूर्ण भूमिका छ ।

यूपीमा पनि ‘पृथ्वीराज’को विवाद बढेको छ । यो मुद्दा इलाहावाद उच्च अदालतमा पुगेको छ । त्यहाँ फिल्मको शीर्षकलाई लिएर आपत्ति जनाउनुका साथै पृथ्वीराज चौहानलाई गलत ढंगले प्रस्तुत गर्ने, रानीलाई अश्लील पहिरनमा देखाउने जस्ता विषय उठेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?