Logo

सोमबार दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ६६ करोडको कारोबार

                     
Logo 2022-02-28 06:02     Desk

13

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अंकले घटेको नेप्से सोमबार ४३.१० अंकले ओरालो लागेर २६१०.६० मा आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ६.६४ अंकले ओरालो लागेर ५००.२१ मा ओर्लेको छ । आज कूल २२७ कम्पनीको ७८ लाख ३४ हजार ९१५ कित्ता शेयर ३ अर्ब ६६ करोड १ लाख ८९ हजार ८६८ मा कारोबार भएको छ ।

आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । नेप्सेकाअनुसार बैंकिङ १५.३३, व्यापार ८२.४१, होटल तथा पर्यटन २४.९३, विकास बैंक ७३.९१, जलविद्युत् १०२.३४, वित्त ४६.१९, निर्जीवन बिमा २८६.६९, उत्पादन १२९.३४, अन्य ३५.६ लघुवित्त ६२.३५, जीवन बिमा २९५.५, सामूहिक लगानी कोष ०.०२ र लगानी १.९१ अंकले ओरालो लागेको छ ।

कारोबारका आधारमा अपी पावर कम्पनी शीर्ष स्थानमा छ । अपीको १६ करोड ९ लाख ९९ हजार ८४५ मूल्य बराबरको कारोबार भयो । यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनी १४ करोड ९४ लाख ५२ हजार ४६७, हिमालयन डिष्ट्रिलरी १३ करोड ३६ लाख ७९ हजार ८३९, अप्पर तामाकोसी हाइड्रोपावर १३ करोड १७ लाख ८९ हजार र नेशनल हाइड्रोपावर १२ करोड २४ लाख १९ हजार २८४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

आजको बजारमा दुई हाइड्रोपावर (तेह्रथुम पावर कम्पनी र समालिङ्ग पावर कम्पनी) को शेयर मूल्य १०/१० प्रतिशलते घटेका छन् । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.५५,मैलुङखोला जलविद्युत् कम्पनी ६.७८ र न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.६७ प्रतिशतले घटेको छ । तारागाउँ होटलको शेयर मूल्य १.११ प्रशितले बढेको आजको बजारमा सानिमा जनरल इन्सुरेन्सको मूल्य ०.८७ प्रतिशतले बढेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?