Logo

दोहोरो अंकले घट्यो शेयर बजार

                     
Logo 2022-01-26 03:01     Desk

13

Hamrobiratnagar

काठमाडौं, १२ माघ । लगातार तेस्रो दिन शेयर बजारमा गिरावट आएको छ । सोमबार १०० अंकले घटेको शेयर बजार मंगलबार ५.५९ अंकले घटेको थियो । बुधबार ३८.४५ अंकले घटेर २७७६.७१को विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीहरूको बजार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.५ अंकले घटेर ५१८.३८ को विन्दुमा पुगेको छ ।

बुधबार कारोबार भएका १३ वटा उपसमूहहरुकै सूचांकमा गिरावट आएको छ ।  जीवन बीमा उपसमूहले सबैभन्दा धेरै २९८.१७ अंकले गुमाएको छ ।

मंगलबार २३३ कम्पनीका ९३ लाख ९८ हजार ७०० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँबराबरको कारोबार भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?