Logo

इन्टर लियो रनिङ शिल्ड फुटसल कप २०२२ को उपाधी धरानलाई

                     
Logo 2022-01-14 11:01     Hamro Biratnagar

विराटनगर, ३० पुस । इन्टर लियो रनिङ शिल्ड फुटसल कप २०२२ को उपाधी धरानले जितेको छ । विराटनगरमा सम्पन्न फुटसल कपको उपाधी लियो क्लब अफ धरान बिजयपुरले जितेको हो । धरान यसअघिको पनि बिजेता हो ।

उपाधी जितेको लियो क्लब अफ धरानले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद २५ हजार १ सय २५ रुपैयाँ हात पारेको छ । त्यस्तै फुटसल कपमा लियो क्लब अफ दमक युनाइटेड उपबिजेता बनेको छ । उपविजेता बनेको लियो क्लब अफ दमकले मेडल, प्रमाणपत्र र नगद १० हजार १ सय २५ रुपैयाँ हात पारेको जनाइएको छ ।

फेयर क्लब अवार्ड लियो क्लब अफ दमक युनाइटेडलेनै प्राप्त गरेको आयोजकले जनाएको छ । इन्टर लियो रनिङ शिल्ड फुटसल कप २०२२ मा १६ वटा लियो क्लबको सहभागिता रहेको थियो भने १५ वटा म्याच भएको आयोजक लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाका प्रोग्राम कोअर्डीनेटर आर्यन बास्कोटाले जानकारी दिए । उनले सवै खेलका बिजेता क्लबलाई म्यान अफ दि म्याचको ट्रर्फीले सम्मान गरिएको बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?