Logo

नर्वेमा ५-११ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन पाइने

                     
Logo 2022-01-14 10:01     Desk

13

एजेन्सी, ३० पुस । नर्वेमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरूद्धको खोप लगाउन पाइने भएको छ ।

सरकारी अधिकारीले नै सो उमेर समूहका बालबालिकालाई खोप लगाउन मिल्ने सिफारिस गरेको समाचारमा जनाइएको छ ।

नर्वेमा यसअघि १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइदै आएको अधिकारीले जानकारी दिएका छन् । उनीहरूले अहिले खोपको पहिलो मात्रा लगाएका छन् भने अभिभावकले चाहेमा उनीहरूलाई दोस्रो मात्रा खोप पनि लगाउन सकिने अधिकारीको भनाइ छ ।

स्वास्थ्यमन्त्री इङभील्ड जेर्कोलद्वारा जारी वक्तव्यअनुसार सबै प्रकारका बालबालिकालाई भने खोप लगाउन सिफारिस गरिएको छैन । ‘निश्चित समूह’का बालबालिकालाई मात्रै खोप दिन मिल्ने विज्ञहरूले सिफारिस गरेको उनले स्पष्ट परेका छन् ।

जेर्कोलले दीर्घरोगी र जटील स्वास्थ्य समस्या भएका अविभावकको प्रत्यक्ष सम्पर्कमा रहने बालबालिका र कोभिडको पछिल्लो महामारी फैलिएका र राम्रो स्वास्थ्य सेवामा पहुँच नभएका मुलुकमा जाने बालबालिकालाई खोप नलगाउन सुझाब दिइएको बताएका छन् ।

नर्वेका वयस्कहरूमध्ये अधिकांशले भने खोपको दुबै मात्रा लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाउन मिल्ने वयस्क र बृद्धबृद्धामध्ये ९० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको दुबै मात्रा खोप लगाइसकेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?