
काठमाडौं, २९ पुस । निर्वाचन आयोगकाे आव्हानमा सर्वदलीय बैठक आज बस्दै छ । आज बिहान साढे ११ बजेपछि बस्ने बैठकमा आसन्न निर्वाचन, त्यसकाे तयारीलगायतबारे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
'खासगरी स्थानीय तहको निर्वाचनबारे आजकाे छलफल केन्द्रित हुने छ । यसबाहेक राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिक पनि छलफलका एजेण्डा हुन्', उनले भने ।
आयोगले संघीय संसद्, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने १७ दलका प्रतिनिधिलाई बैठकका लागि डाकेकाे छ ।