Logo

सुदूरपश्चिममा एकैदिन भारतबाट फर्किएका २ सय २७ जनामा कोरोना संक्रमण

                     
Logo 2022-01-13 09:01     Hamro Biratnagar

सुदूरपश्चिम प्रदेशमा विहीवार भारतबाट फर्किएका थप २ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार २ हजार २ सय ५ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा संक्रमण पुष्टि भएका ३ सय १८ जनामध्ये २ सय २७ जना विहीबारै भारतबाट फर्किका हुन् । स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र दुई सय ५५ जनाको एन्टिजेनमार्फत परीक्षण गरिएको थियो ।

सुदूरपश्चिमका बिभिन्न नाका भएर विहीबार २ हजार ७० नेपाली स्वदेश फर्केका छन् । त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १०५, पुलघाटबाट फर्केका ५ जना र जुलाघाटबाट फर्केका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

भारतबाट फर्किनेहरूको नाकामै एन्टिजेन परीक्षण हुने गरेको छ । सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेशनमा राख्ने ब्यवस्था गरिएको छ । पछिल्लो केही दिन यता भारतबाट फर्किएकाहरूमा कोरोना संक्रमण देखिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?