Logo

पार्टीमा मनोनयन गर्दा पक्षपात गरिएको छैनः राजेन्द्र लिङ्देन

                     
Logo 2022-01-12 04:01     Desk

13

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्य मनोनयनमा आफूले पक्षपात नगरेको दाबी गरेका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले आफूमाथि पक्षपात गरेको आरोप लगे पनि त्यो सत्य नभएको बताए ।

‘मैले मनोनयन गर्ने कुरामा कुनै पनि पक्षको पक्षपात, विभेद गरेको छैन । हिजो मलाई आन्तरिक प्रतिष्पर्धामा सहयोग गरेको नगरेको कुरालाई आधार बनाएको छैन । आवश्यक र अनिवार्य व्यक्तित्वहरूलाई हामीले ल्याउने काम गरेका छौँ,' लिङ्देनले भने ।

पार्टीलाई सडक र निर्वाचन दुबै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने लिङ्देनको दाबी छ । राजसंस्था, हिन्दूराज्य पुनर्स्थापनाको मुद्दासँगै भ्रष्टाचारविरोधी, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरूसमेत लिएर अघि बढ्ने लिङ्देनले बताए ।

आगामी दिनमा पार्टीलाई समावेशी बनाउँदै लाने लिङ्देनको भनाइ छ । 'समावेशी भएन, समानुपातिक भएन, विधानले निर्दिष्ट गरेका लैङ्गिक समावेशी, समानुपातिकताका कुराहरू उल्ल्ंघन भयो भन्ने कुराहरू पनि कतै उठेको छ,' लिङ्देनले भने, 'अहिले अनिवार्य केही कामहरू मात्रै गरेका छौँ । पछिल्लो दिनमा पूर्ण गरेर जान्छौँ । महिलाको संख्यालाई हामीले पूरा गरेनौँ वा समावेशी, समानुपातिक जुन संविधान बमोजिमकै व्यवस्था छ, त्यसलाई पूरा गरेनौँ भने निर्वाचन आयोगले नै यो सूचीलाइ स्वीकार्दैन । त्यसकारण त्यसलाई उल्ल्ंघन गरेर जाने छुट र सुविधा हामीलाई छैन ।’


लोकप्रिय छुटाउनुभयो कि ?