Logo

र्‍यापर लाउरेसहित चार जना थप १७ दिन हिरासतमा

                     
Logo 2022-01-09 08:01     Prabesh Bishta

13

र्‍यापर आशिष राना ‘लाउरे’ लाई जिल्ला अदालत कास्कीले १७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

लागूऔषध सेवन गरि रहेको अवस्थामा पक्राउ परेका लाहुरे सहित अन्य ३ जनाको अनुसन्धानका लागि थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पुस १४ गते साँझ करिब ७ बजे लागू औषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका थिए।

पक्राउ पर्नेमा लाउरेसहित, पोखरा ११ का ३९ वर्षीय ध्रुबबहादुर थापा, पोखरा ७ का ३० वर्षीय नवीन गुरुङ र पोखरा ८, सभागृहका २२ वर्षीय सुस्मिता गुरुङ रहेका थिए।

पोखरा ८ जाल्पारोड स्थित महानगरपालिकाको पछाडी पट्टी अवैध लागू औषध ब्राउनसुगरको खरिद बिक्री, कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?