Logo

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै, आज ५६ जनामा संक्रमण

                     
Logo 2022-01-09 08:01     Prabesh Bishta

विराटनगर : प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो एक सातामा २३२ जना संक्रमित थपिएका छन्। पीसीआर र एन्टिजेन दुवै गरि एक सातामा ३ हजार १४४ जनाको कोरोना परीक्षण गरिएको छ। एक जनाको मृत्यु भएको छ। एक साताको अवधिमा ८५ जना संक्रमणमुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीका अनुसार पुस २५ गते ५६, पुस २४ गते ४३, २३ गते ४६, २२ गते २३, २१ गते २१, २० गते १६ र १९ गते २७ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक अनुसार संक्रमितको संख्या बढ्दो मात्रा देखिएको छ। आईतबारको तथ्याङ्क अनुसार संक्रमण दर १३ दशलमव १४ प्रतिशत रहेको छ।

प्रदेश सरकारले कोरोना संक्रमितका लागि १ हजार ३६ बेड तयारी अवस्थामा रहेको जनाएको छ। ३१ अस्पतालका बेड तयारी अवस्थामा रहेको जनस्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्‍नेतले बताए। उनका अनुसार ११७ भेन्टिलेटर सहित १६९ आईसीयू, ३५७ एचडियू, २५१ आईसोलेसन र ३५९ नर्मल वेड तयारी अवस्थामा छन्। २ हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम पनि चरणमा पुगेको बताईएकोछ। झापाको मेचीनगर र विराटनगरमा निर्माण भईरहेको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरण पुगेको बताइएको छ।

प्रदेश १ मा ४८ दशलमव ८३ प्रतिशतले पूर्णमात्राको खोप लगाएका छन्। १८ वर्ष माथिका ७४ दशमलव ५७ प्रतिशतले कोभिड १९ विरुद्धको पहिलो खोप र ४८ दशलमव ८३ प्रतिशतले दोश्रो मात्रा खोप लिएको प्रदेश १ जनस्वास्थ्य निर्देशक ज्ञानबहादुर वस्नेतले बताए। खोप लगाएहरुले स्वास्थ्य सुरक्षा मापदण्डमा ध्यान नदिँदा जोखिम बढ्ने देखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा। सुरेश मेहताले बताए। खोप लगाएको छु भनेर लापरवाही गरेको पाईएको उनले बताए। समयमै स्वास्थ्य मापदण्ड पालना गरे संक्रमणबाट बच्न सकिने उनले बताए।


लोकप्रिय छुटाउनुभयो कि ?