
सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि होटल छिर्दा भ्याक्सिन कार्ड चाहिने भएको छ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सो निर्णय गरेको हो।
सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिडविरुद्धको भ्याक्सिन कार्ड देखाएर मात्र प्रवेश दिने व्यवस्था यही माघ ३ गतेदेखि लागू हुने बताइएको छ।