Logo

नारायणी नदीमा नुहाउन जाँदा डुबेर एक जनाको मृत्यु

                     
Logo 2022-01-09 12:01     Prabesh Bishta

13

प्रतीनिधीमुल्क तस्विर

गैंडाकोटस्थित नारायणी नदीमा नुहाउन जाँदा डुबेर घाइते भएकाका एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट–४ का ७० वर्षीय मोहनलाल श्रेष्ठ राधाकृष्ण मन्दिर नजिक नुहाउँदै गर्दा चिप्लिएर नदीमा डुबेका थिए। उनको उद्धार गरेर नयाँ मेडिकल कलेज चितवनमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नारायणीमा नुहाउन उनी एक्लै गएका थिए। उनी चिप्लिएर नदीमा डुबेको प्रहरीले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?