Logo

एमाले मोरङको पदाधिकारी निर्विरोध, सदस्यमा दोब्बर बढीको उम्मेदवारी

                     
Logo 2022-01-08 07:01     Prabesh Bishta

विराटनगर : नेकपा एमाले मोरङको पदाधिकारी निर्विरोध भएका छन्। विराटनगरमा जारी ९ औं जिल्ला अधिवेशनमा पदाधिकारीमा १–१ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्वु र सन्तोष साहको मात्रै उम्मेदवारी परेको छ।

१६० जना सदस्यका लागि ४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्। खुल्ला ३३ सदस्यका लागि १९४ जनाको उम्मेदवारी परेको बताईएको छ। नेताहरुले सदस्यहरु पनि सर्वसम्मतका लागि प्रयास भईरहेको बताएका छन्।

निर्वाचन समितिले  अन्तिम नामावली प्रकाशन गर्न बाँकी रहेको बताईएको छ। शुक्रबार देखि शुरु भएको जिल्ला अधिवेशनमा १ हजार ४३० जना प्रतिनिधि सहभागी भएका छन्। अधिवेशनले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको हो।


लोकप्रिय छुटाउनुभयो कि ?