Logo

सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु

                     
Logo 2022-01-08 04:01     Prabesh Bishta

सुनसरी र उदयपुरमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा दुहबी नगरपालिका ११ तनमुनाका २८ वर्षीय जितनारायण उराव र त्रियुगा नगरपालिका ५ का ३१ वर्षीय दिलीप दुलाल छन्।

प्रहरीका अनुसार शुक्रबार अपराह्न सुनसरी दुहबी नगरपालिका १० बुद्ध चोकस्थित इनरुवादुहबी सडकखण्डमा बा५ख ४८३९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को७प ३८५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

सो क्रममा मोटरसाइकलमा सवार जितनारायण घाइते भएका थिए। उनको विराट नर्सिङ होममा उपचारको क्रममा बेलुका मृत्यु भएको थियो।

मोटरसाइकलमा रंगेली नगरपालिका ९ का ३० वर्षीय भीमप्रसाद उरावको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, शुक्रबार अपराह्न उदयपुर त्रियुगा नगरपालिका-४ बगाहामा गाइघाटबाट जलजले जाँदै गरेको प्र२-०१-००३ प ८४९१ नम्बरको मोटरसाइकल र स१ख ७२१ नम्बरको टिपर ठक्किँदा दुलालको मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपरसँग मोटरसाइकल ठोक्किँदा त्रियुगा नगरपालिका-५ का ३२ वर्षीय प्रभुनारायण चौधरी र पछाडी सवार दुलाल घाइते भएका थिए।

दुलालको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते रहेका चौधरीको उपचार भइरहेको छ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?