Logo

एमाले मोरङको जिल्ला अधिवेशन सुरु

                     
Logo 2022-01-07 02:01     Prabesh Bishta

विराटनगर : नेकपा एमाले मोरङको ९ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विराटनगरको होटल मनास्लुमा विहान ११ वजेदेखि सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीलेले देशभर एकै पटक भर्चुअल माध्यमबाट गर्नुभएको हो ।

जिल्ला अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु लालबाबु पण्डित, गुरु बराल, डा.शिवमायाँ तुम्वाहाम्फे, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल लगायतका नेताहरुको सहभागिता रहेको छ । जिल्ला अधिवेशनमा १ हजार ४ सय ३० जना प्रतिनिधि सहभागी छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?