Logo

पार्किङमा राखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा वीरगञ्जमा एक युवक पक्राउ

                     
Logo 2022-01-06 03:01     Prabesh Bishta

पार्किङ गरिराखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा वीरगञ्जमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायक उपरीक्षक ‌ओमप्रकाश खनालका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.८ पानीट्याङकी स्थित सडक छेउमा पार्किङ गरी राखेको सवारीसाधन चोरेर भाग्दै गरेको अवस्थामा आशिष यादवलाई बुधबार पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेट बीआर २२ बी ०३८७ नम्बरको हिरो होण्डा मोटरसाइकलको लक भाँचेर चोरी गरिएको हो ।

पक्राउ परेका वीरगञ्ज महानगरपालिका वडा नं.१४ बस्ने २३ वर्षका यादवमाथि चोरी सम्वन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता खनालले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?