Logo

विराटनगरकी उपप्रमुख कार्की अचानक बिरामी भएपछि अस्पताल भर्ना

                     
Logo 2022-01-04 02:01     Prabesh Bishta

13

मोरङको विराटनगर महानगरपालिकाकी उपप्रमुख ईन्दिरा कार्की बिरामी भएपछि अस्पताल भर्ना भएकी छन् । कार्कीलाई मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

सोमबार एक्कासि, टाउकोको नसामा रगत जम्ने समस्य (एनलिजम) देखिएपछि मेडिसटी भर्ना गरिएको महानगर प्रमुख भीमप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार कार्कीको शल्यक्रियाको तयारी भइरहेको छ ।

टाउकोमा रगत जमेका कारण उनलाई सोमबार बेलुका फ्लाइटमा काठमाडौँ लगिएको थियो । कार्कीको अवस्था अहिले सामान्य रहेको र अहिले शल्यक्रिया चलिरहेको पराजुलीको भनाइ छ ।


लोकप्रिय छुटाउनुभयो कि ?