Logo

प्रदेश-१ लाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

                     
Logo 2021-12-26 02:12     Prabesh Bishta

13

प्रधानमन्त्रीकप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

धनगढीको फाप्ला मैदानमा प्रदेश-१ लाई सात विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।

प्रदेश-१ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ ओभर दुई  बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो ।

उसका लागि ज्योती पाण्डेले नटआउट ३६ रन बनाइन् । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले कप्तान रुबिना क्षेत्रीको ३४ र अप्सरी वेगमको ११ रन मद्दतमा ६७ रन बनाएको थियो । उसका अरु कुनै खेलाडीले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ एपीएफकी सीता रानामगरले तीन र रेखा रावलले दुई विकेट लिए । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा ८ वटा टोली सहभागी थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?