
नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल) बाट छुट्टीएर बनेको सम्पर्क केन्द्रबीच एकता हुने भएको छ। आज (शुक्रबार) त्रिपुरेश्वरमा आयोजित एक समारोहबीच पार्टी एकता हुने भएको हो।
मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिकसँग विवाद भएपछि मसालमा बिद्रोह गरेर नेपका मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।
विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ।
माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा उक्त समूहले एकता घोषणा गर्न लागेको हो। माओवादीले सम्मेलनसँगै अन्य दलहरूसँग पनि पार्टी एकताको तयारी गरेको बताएको छ।