
नालीमा लडेर भक्तपुरमा एक वृद्धको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-४ मा आफ्नै घर अगाडिकाे नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार श्रेष्ठलाई घाइते अवस्थाका उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो।
उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए।
घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ गई अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।